ढोरपाटनका मेयरसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न गृहको पत्राचार

बाग्लुङ | जेठ ८, २०८०

ढोरपाटनका मेयरसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न गृहको पत्राचार

बागलुङ:  गृहमन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज सहकारी संस्था संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाएको छ ।


गृहले अध्यागमन बिभागलाई पत्राचार गरेर नेपाली सहित तोकिएका ७ जनाको यात्रा अनुमति रद्द गर्न पत्राचार गरेको हो । गृहमन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा बिभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो ।


केही दिनदेखि नेपाली सहित सहकारीका पदाधिकारी सम्पर्क बिहिन छन् । ढोरपाटन नगरपालिका-१ र बागलुङ नगरपालिका(२ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका नेपाली भागेर बिदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो ।

 

त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल सहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिए ।सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।


भुक्तानी खोज्ने बचतकर्ताले गत बैसाख पहिलो सातादेखिनै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रति व्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैया“ बचत संकलन गरेको छ । १८ प्रतिशत व्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतवार बेलुकी पनि बचतकर्ताले जिल्लाप्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए ।


संस्थापक अध्यक्षको रुपमा नेपाली सहित सहकारीको कार्यवहाक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक चित्रबहादुर भण्डारी, सदस्य रुपा बिक र अर्का सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द भएको हो । बिक गलकोट नगरपालिका ११ र शाही निसीखोला गाउँपालिका ३ का बासिन्दा हुन् भने अरु सबै ढोरपाटन नगरपालिका १ का बासिन्दा हुन् ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्